अचानक कसका लागि नेपाल आउँदैछिन् मलाइका अरोडा ?
बलिउड अभिनेत्री मलाइका अरोडा नेपाल आउँदैछिन् । उनी काठमाडौंमा हुने फेसन रनवेलाई तताउन आउन लागेकी हुन् । जानकारी अनुसार उनका नेपाली फ्यानले मलाइकाको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै दर्शन गर्न पाउनेछन् । मलाइकाको फेसन बलिउडमा चर्चाको विषय बन्छ । नेपालमा पनि उनको स्टाइललाई पछ्याउने किशोरी टन्नै छन् । अभिनेत्री अरोडा पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा आउन लागेकी हुन् ।
उनले यहाँ फेसनको जादू छर्नेछिन् । आयोजकका अनुसार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुनेछ । ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् ।
उक्त शोमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता पनि सहभागी हुनेछन् । मलाइका अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धले चर्चामा छन् । यस वर्ष उनीहरूले विवाह गर्ने कुरा पनि बाहिर आएको छ । तर अर्जुन र मलाइका दुवैले विवाहबारे खुलेर बोलेका छैनन् ।


















