शाहरुख खानको फिल्म ‘पठान’ को ट्रेलर बुर्ज खलिफामा देखाइँदै
प्रकाशित मिति: शनिबार, पौष ३०, २०७९ | १८:०४:३०
बलिउड अभिनेत्री मलाइका अरोडा यतिबेला नेपालमा व्यस्त छिन् । बिहीबार बेलुका उनले नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको फेशन रनवे एक्स्पोमा भाग लिइन् । सो कार्यक्रममा नेपाली अभिनेत्री स्वस्तिमा खड्का पनि देखिएकी थिइन् । होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडल तथा अभिनेत्रीहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरेका हुन् ।
मलाइका उक्त फेसन रनवेमा प्रमुख शो स्टपरको रुपमा प्रस्तुत भइन् । नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा उनी आकर्षक देखिएकी थिइन् ।
अरोडा र खड्कासँगै उपासनासिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका हुन् ।
प्रकाशित मिति : शनिबार, पौष ३०, २०७९ |
१८:०४:३०
6909


















