रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ
प्रकाशित मिति: आइतबार, फाल्गुण १४, २०७९ | २०:३७:०५
भक्तपुर, १४ फागुन । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १४, २०७९ |
२०:३७:०५
7635



















