जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १७:४८:०४
काठमाडौं, २५ फागुन | जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१७:४८:०४
6887



















