सहयात्रीलाई घोक्राएर निकाल्ने अनि प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? विष्णु पौडेल
काठमाडौं , ६ चैत्र । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेसँगको सहकार्य के कारणले टुंग्याएको भनी प्रश्न गरेको छ । प्रधनमन्त्रीले संसदमा मागेको विश्वासकोम तमा धारणा राख्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले संसदमा बोल्दै अहिले कांग्रेसतिर किन फर्किएको भनी प्रश्न गरे । प्रधनमन्त्री जस्तो कार्यकारी मान्छेको वोली र ब्यवहार वचनमा प्रतिबद्ध भएर हुनुपर्ने बताए ।
एमाले विनाको राष्ट्रिय सहमित कसरी सम्भव हुन्छ भन्दै एमाले उपाध्यक्ष्इा पौडेलले आफ्नै सहयात्रीलाई घोक्राएर हिडन खोजने अनि राष्ट्रिय सहमतिको शब्दजाल फाल्ने काममा अहिले प्रधानमन्त्री रहेको आरोप लगाए ।
प्रधानमन्त्री बन्दा एमालेको साथ लिने र प्रधानमन्त्री बने लगत्तै फेरि कटुतापूर्ण सम्वन्ध र शत्रुतापूर्ण अवस्थामा लैजाने प्रयास प्रधनमन्त्री स्वयमले गरेको पनि बताए ।
‘राष्ट्रिय सहमतिको विकल्प छैन । तर सहयात्रीलाई घोक्राएर निकाल्ने अनि राष्ट्रिय सहमति कसरी खोजेको हो ?’ एमालेले प्रधानमन्त्रीलाई सोधे,–‘एमाले बिना राष्ट्रिय सहमति कसरी हुन्छ ? राष्टिय सहमतिको गलत परिभाषा गर्न खोजिएको हो ?’
उनले प्रधानमन्त्रीलाई सोधे,–‘संसदको दोस्रो दल, पछिल्लो चुनावको जनमतका आधारमा हेर्ने हो भने पहिलो दलका विरुद्ध षडायन्त्र गरेर गरिने सहमति कस्तो सहमति ?’
राष्टिय सहमतितर्फ डोराउनका लागि होइन दलहरुकावीचमा विभाजन ल्याउन र अनिश्चित अस्थिरता तिर लैजाने काम अहिले प्रधानमन्त्रीले गरिरहेका छन् ।
‘प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत पाउनु भएको थियो । तर दुई महिना १० दिन नसकिदै फेरि विश्वासको मत लिन आउनु भएको छ । यो संसदको अर्काे चोटी कुन मितिमा फेरि विश्वासको मत लिनुपर्ने मिति कहिले म सोध्न चाहान्छु । क्षण क्षणमा विश्वासको मत लिने मात्रै यो संसदको कार्यसूची बनाउने हो ? अर्काे चोटी महिना दिन नपुग्दै विश्वासको मत लिनुपर्ने हो ?’ पौडेलले सोधे ।