त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला मनोनित
काठमाडौं , ७ चैत्र । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन् । नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन् । नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको उनले बताए ।
उता वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पूरा गर्ने बताएका छन्। ‘मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ। म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए। यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरित गरेको छ,’ उनले भने । बडेलाले ५ चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको सभापतिमा बागी उम्मेदवारी दिएका थिए । उनलाई अध्यक्ष दिने सहमति गराएर फिर्ता गराइएको थियो ।





















