बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत
काठमाडौँ ,१० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। ११० सदस्यीय बागमती प्रदेश सभामा उनले ४ राजनीतिक दलको ६७ मत प्राप्त गरेका हुन्। माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जनाले जम्मकट्टेलको पक्षमा मत दिए। सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
फागुन १३ गते सरकारबाट बाहिरिँदै राप्रपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएको थियो । एक महिनाभित्र दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत माग्ने प्रस्ताव पेस गरेका थिए । जम्मकट्टेल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आलोपालो मुख्यमन्त्री बन्ने सहमतिका साथ कांग्रेसले विश्वासको मत दिएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताए।