५ वर्षिया बालिकाको बलात्कार पश्चात् हत्यागरि फरार अभियुक्त २० वर्षपछि पक्राउ
मकवानपुर , १५ साउन । बागमती प्रदेश प्रहरी कार्यालयले २० वर्षदेखी फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) पश्चात् हत्या गर्ने अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २० बर्षदेखी फरार रहदै आएका हेटौडाँ ११ सिमलटार निवासी ४५ वर्षिय सोम बहादुर राईलाई ललितपुर जिल्लाको गोदावारी नगरपालिका वडा नम्बर १४ बाट पक्राउ गरेको हो । निज राईले २० बर्षअघि अर्थात २०६० साल असोज १८ गते हेटौडाँ ११ सिमलटार बस्ने प्रेम बहादुर थापा क्षेत्रीको ५ वर्षिय छोरीलाई बलात्कार पश्चात् हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव प्रहरीले घटनाको भोलीपल्ट असोज १९ गते साविकको हेटौडाँ १० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापेको अवस्थामा फेला पारेको थियो । उक्त घटनाको प्रतिवादी राईलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाँका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।



















