एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै
प्रकाशित मिति: बिहिबार, भाद्र ०७, २०८० | १०:१२:०४
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैछ । गत मंगलबारवाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन । बैठक बिहान ८ बजे बस्नेछ ।
हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो । केन्द्रिय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिदैँछ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ०७, २०८० |
१०:१२:०४
991