प्रतिनिधि सभाको बैठक बस्दै
प्रकाशित मिति: बिहिबार, भाद्र ०७, २०८० | १०:२०:५२
काठमाडौं। संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो । बुधबारको बैठकमा विश्वविद्यालय विधेयक २०८०, संसदीय समितिमा हेरफेर, संसदमा अनुपस्थित सांसदहरूको सूची पेस गरिएको थियो ।
प्रकाशित मिति : बिहिबार, भाद्र ०७, २०८० |
१०:२०:५२
1035