उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् । आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले विरूवामा जल सिंचित गरेर गरेका थिए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री दाहालले भने, ‘हरित अभियानको अर्थपूर्ण र दिघर्कालिन रणनीतिक महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन ।
माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउन भन्दै यो अभियानलाई सुरु गरेको हो ।’ हरियाली प्राकृतिक कृषि अभियान चलाउन लाग्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताउँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए । प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तेस्तो ठाउँको अध्यनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।