संसद्मा रहेका विधेयकबारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
प्रकाशित मिति: मंगलबार, भाद्र १९, २०८० | २०:०३:४८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि ओली दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । निकटस्थट स्रोतले संसद्मा छलफल क्रममा रहेका विधेयकलगायत समसामयिक राजनीतिबारे दुई नेताबीच कुराकानी भएको थियो ।
प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल पनि भएको स्रोतले बतायो । प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ । दुई नेताबीच पौने २ बजेदेखि पौने ३ बजेसम्म भेट भएको थियो ।
प्रकाशित मिति : मंगलबार, भाद्र १९, २०८० |
२०:०३:४८
7129



















