६० किन सुन तस्करीमा सिआईबीले दियो २९ जनालाई प्रतिवादी बनाउने राय
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले २९ जनालाई मात्रै प्रतिवादी बनाउने राय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई दिएको छ । ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले जानकारी दिए । उनका अनुसार सिआईबीले २५ जना थुनुवा र ४ जना फरारलाई प्रतिवादी बनाउन राय दिएको छ ।
सीआईबीले अहिले ३२ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । १८ जना फरार रहेको सिआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज गरेको पत्रकार सम्मेलनमा जनाएकी थिइन् । उनले पत्रकार सम्मेलनमा बुधबार नै पत्रकार सम्मेलन गरेर सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको बताएको थियो। अहिले प्रतवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउने भनिएपछि पत्रकार सम्मेलनमा दिएको जानकारी र प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक मिलेन ।
सिआईबीले सरकारी वकिल कार्यालयमा ३१४ पृष्ठको प्रतिवेदन बुझाएको छ । हङकङबाट ब्रेकप्याडमार्फत आएको अवैध सुन साउन ३ मा सिनामंगलबाट बरामद राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । राजश्व हुँदै सो प्रकरणको अनुसन्धान सीआईबीले टुंग्याएर मुद्दा दायर गर्न लागिएको हो । सीआईबीको निर्णयपछि हिरासतमा रहेका ६ जना छुट्ने भएका छन् ।