भारत र क्यानडाबीच विवाद चर्किँदै, काे धेरै शक्तिशाली ?
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदिप सिंहको हत्याको आरोप भारतमाथी लगाए । भारतले पनि यसको कडा जवाफ फर्कायो । यि दुवै देशले एकअर्काका कुटनितिज्ञलाई निष्काशन गरिदिए । यस कारबाहीले यि दुई देशबीच तनाव बढ्ने निश्चित छ ।जानौँ क्यानडा र भारतको सैन्य तागत के कति छ त ? ग्लोबल फायर पावर इन्डेक्सको २०२३ को रिपोर्टका अनुसार क्यानडाको रक्ष बजेट ३६ अर्ब डलर माथि रहेको छ । त्यहीँ भारतले यसमा ५६ अर्ब डलर लगानी गरेको छ ।
सैन्य तागतका मामिलामा भारत विश्वकै चौथो स्थानमा छ भने क्यानडा २७ औं मा । क्यानडालाई अमेरिका ब्रिटेन जस्ता विकासित देशको साथ रहेकाले पनि यसले सैन्य शक्तिमा धेरै लगानी गर्दैन । भारतसंग करिब १४ लाख सैनिक छन् । जबकी क्यानडासङ मात्र ७१ हजार छन् । र यसमा पनि २३ हजार सैनिकमात्र फुलटाइम काम गर्छन । बाकी लाई आवश्यक पर्दा मात्र काममा लगाइन्छ ।
भारतसँग परमाणु हतियार छन् । तर क्यानडासँग छैनन् । नाटोको परमाणु अप्रसार सन्धिमा रहेको क्यानडामाथी केही खतरापरे परमाणु शक्ति भएका देशले उसलाई सहयोग गर्नेछन् । क्यानडासँग प्यारामिलिट्री फोर्समा ५५ सय जना छन्। त्यहीँ भारतसँग यो संख्या २५ लाख २७ हजार रहेको छ । क्यानडासँग ३७६ एयर क्राफ्ट छन् भने भारतसँग २२१० ।
त्यस्तै क्यानडासँग ६३ फाइटर प्लेन छन् भने भारतसँग ५७७ । क्यानडासँग १२० हेलिकप्टर छन । भारतीय सेनासँग भने ८०७ । भारतसँग ३६ वटा लडाकु विमान छन् । तर क्यनडासँग यस्ता विमान छैनन् । त्यस्तै भारतसँग ४ हजार ६१६ ट्याङ्क छन् भने क्यानडासँग केवल ८२ ।
यसरी तुलनात्मक रुपमा हेर्ने हो भने क्यानडा सैन्य शक्तिका मामिलामा भारतभन्दा कमजोर छ । सामान्यतया शक्ति र सीमा बराबर भएका देशबीच युद्ध हुने गर्दछ । तर अन्यन्तै गम्भीर अवस्थामा भने जस्तो सुकै शक्ति भिन्नता भएका देशहरुपनि एकआपसमा लड्ने गर्छन् । यदी क्यानडा अन्य देशको सहायता नलिने हो भने भारत उसमाथि हावी हुने देखिन्छ ।