महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्ती केपी ओलीले काठमाडौंँ महानगरपालिकाले खाली गरेको फुटपाथको बाटोप्रति आफ्नो दुई मत नभएको बताएका छन् । अध्यक्ष ओलीले सामाजिक संजालमा एक पोष्ट गर्दै फुटपाथका बारेमा आफु सकरात्मक भएको उल्लेख गरेका छन् । उनले महानगरबाट गरिबी लखेट्नुपर्ने तर गरिब नलखेट्नु पर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गर्दै आएको र महानगरमा गरिबले गरिखाने आधार नभएको भन्दै राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका ईःअभियन्ताको समस्यालाइ लिएर लिएर महानगरका मेयर र उपमेयर मिलेर समाधान गर्नपर्ने ओलीले बताएका छन् ।
एमाले अध्यक्ष ओलीको पोष्ट यस्तो छ :
हाे, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो ।
उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् ।
हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।
समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !