यौन दुर्व्यवहारको आरोप लागेपछि एसएसपी पालले दिए राजीनामा
प्रकाशित मिति: सोमबार, आश्विन १५, २०८० | २०:००:३२
काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । एसएसपी पालले राजीनामा दिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले पुष्टिी गरेका छन् । उनको राजीनामा स्वीकृतका लागि प्रहरीले गृहमनत्रालय पठाएको छ । डीआईजी कडायतले भने– ‘पालले राजीनामा दिनुभएको छ, राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ ।’
सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले सहकर्मी महिलामाथी दुर्व्यवहार गरेको भन्दै एकजना उजुरी परेको थियो । महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् । त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति : सोमबार, आश्विन १५, २०८० |
२०:००:३२
1717