रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आश्विन १९, २०८० | ११:००:१९
युक्रेन। युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन् । अधिकारीका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक छ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, आश्विन १९, २०८० |
११:००:१९
4203