दुर्गा प्रसाईंलाई कालोमोसो दलियो
प्रकाशित मिति: सोमबार, आश्विन २२, २०८० | १६:२८:१३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । विवादास्पद अभिव्यक्ति दिँदै आएका पर्साईंमाथि राजधानीको एक होटल कालोमोसो दलिएको हो । प्रसाईंले १२ः४५ बजे राखेको पत्रकार सम्मेलन सकेर बाहिरिएलगत्तै अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन २२, २०८० |
१६:२८:१३
2531