काठमाडौंको बानेश्वरस्थित बागमती नदी किनारमा युवकको शव फेला
प्रकाशित मिति: बुधबार, आश्विन २४, २०८० | ११:४८:५१
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर (तीनकुने) क्षेत्रको बागमती नदी किनारमा १ जना युवकको शव भेटिएको छ। बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । प्रहरीले बागमती नदी किनारको झाडीमा महराको शव फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन २४, २०८० |
११:४८:५१
1299