१० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने चीनको पारम्भिक घोषणा
प्रकाशित मिति: शनिबार, कार्तिक १८, २०८० | १९:०४:०६
काठमाडौं । नेपाललाई चीनले १० करोड मूल्य बराबरको पाल, कम्बल सहयोग गर्ने भएको छ । पश्चिम नेपालको जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि चीनले आपतकालिन रुपमा प्राथमिक रुपमा यो सहयोग गर्न लागेको बताएको छ । उसले यसलाई पहिलो आपतकालिन सहयोगको रुपमा घोषणा गरेको हो । नेपालस्थित चिनियाँ राजदूतले सामाजिक सन्जाल मार्फत त्यस्तो सहयोग दिन लागेको बताएका हुन् ।
ती सामाग्रीहरु एक दुई दिनभित्रै काठमाडौं आईपुगिसक्ने पनि बताइएको छ । ‘पाल, कम्बल लगायत भूकम्प प्रभावित क्षेत्रलाई १० करोड नेपाली मूल्य बराबरको सामग्री उपलब्ध गराउने छौं,’ राजदूतले सहयोग घोषणा गदैं भनेका छन्,–‘यी सबै सामग्री बाटोमा छन्, एक दुई दिनमा आइपुग्छ।’
प्रकाशित मिति : शनिबार, कार्तिक १८, २०८० |
१९:०४:०६
6095