काठमाडौं पुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी
प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०८० | १५:१६:२६
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपालको पाँचदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०८० |
१५:१६:२६
2399