त्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक भारतीय पक्राउ
प्रकाशित मिति: सोमबार, मंसिर ०४, २०८० | १५:०३:४४
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसँगै एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीया किमरो साँगी हुन ।कतारको दोहाबाट काठमाडौं आएका उनलाई प्रहरीले बिहान १० बजे पक्राउ गरेको हो । पक्राउ पर्ने ब्यक्ति महिला हुन् । उनी इथोपियाबाट दोहा हुँदै आएकी काठमाडौं आएकी थिइन् ।
उनी भारतको मिजोरोम राज्यकी हुन । प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ । काठमाडौं बाट उनी भुटान जाने तयारीमा थिइन्। प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ०४, २०८० |
१५:०३:४४
3697