नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय पाण्डे र खरेलको इजलासमा
प्रकाशित मिति: मंगलबार, मंसिर ०५, २०८० | १२:३४:१८
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको निवेदनमा उच्च अदालत, पाटनमा आज (मंगलबार) देखि निरन्तर सुनुवाइ हुँदै छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी भएको ठगी सम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका अभियुक्तहरूले उच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो। आज निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्वबत सचिव टेकनारायण पाण्डे लगायत प्रतिवादीले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने निर्णय त्रुटिपूर्ण भएको दाबीसहित उच्च अदालत, पाटनमा साउनमा निवेदन दिएका थिए। करिब ४ महिनापछि उक्त निवेदनहरुमा सुनुवाइ हुन लागेको हो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०५, २०८० |
१२:३४:१८
3389