दुर्गा प्रसाईंलाई प्रदर्शन गर्न बल्खु क्षेत्र तोकियो
प्रकाशित मिति: मंगलबार, मंसिर ०५, २०८० | १३:२१:५९
काठमाडौं । माइतीघर मण्डला देखि बानेश्वर क्षेत्रमा एक् महिना निषेधाज्ञा जारी गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंलाई मंसिर ७ को कार्यक्रम गर्नका लागि बल्खु क्षेत्र तोकिदिएको छ । एमालेको युवा संघ र प्रसाई समुहले परस्पर विरोधी कार्यक्रम एकै दिन, एकै स्थान र एकै समयमा राखेपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरमण्डलादेखि बानेश्वर क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
त्यसपछि प्रसाईलाई बल्खु क्षेत्रमा आफनो कार्यक्रम गर्न स्थान तोकिदिएको हो । युवा संघले भने तिनकुनेमा आफनो कार्यक्रम गर्ने जनाएको छ । यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०५, २०८० |
१३:२१:५९
4775