भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढे : साइबर ब्युरो
प्रकाशित मिति: मंगलबार, मंसिर ०५, २०८० | १७:३०:२०
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको पाइएको बताएको छ । मंगलबार एक विज्ञेप्तिमार्फत साइबर ब्युरोले भिपिएन र डिएनएस असुरक्षित भएको बताएको हो । यसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा पहुँच पुर्याएर आर्थिक दुरूपयोग समेत हुने ब्युरोले जनाएको छ ।
‘महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको पहुँच पुर्याएर चोरी भई आर्थिक दुरूपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले बढिरहेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ०५, २०८० |
१७:३०:२०
5149