सरकारविरूद्ध युवा-विद्यार्थीकाे आन्दाेलन : महेश बस्नेतको गृह जिल्लाबाट १०औं हजारकाे उपस्थितिमा र्याली
प्रकाशित मिति: बिहिबार, मंसिर ०७, २०८० | १४:५७:५६
काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतको गृह जिल्लाबाट युवा–विद्यार्थीको नेतृत्वमा १०औं हजारकाे बाइक र्याली सहित कार्यक्रम स्थल काठमाडौँ तिनकुने प्रस्थान गरेको छ । काठमाडौँको तीनकुनेमा हुने कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि नेकपा एमाले निकट युवा–विद्यार्थीले भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध विरोध प्रदर्शन गर्दै कार्यक्रम स्थल तिनकुने प्रस्थान गरेका हुन ।
विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सहभागीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । नेकपा एमाले निकट युवा–विद्यार्थीले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०७, २०८० |
१४:५७:५६
3521