सांसद महराकी पत्नीकाे सिक्री र मोबाइलसहितको झोला चोरी
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० | १२:५५:२३
काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेकी सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १२, २०८० |
१२:५५:२३
2223