माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० | ११:२३:१०
काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदै छ ।
नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १३, २०८० |
११:२३:१०
4203