विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० | ११:०२:५९
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति ११ः५१ बजे अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट काठमाडौं आएका उनीहरुचेकजाँचको क्रममा राति १२ः४५ बजे पक्राउ परेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर २४, २०८० |
११:०२:५९
3279