भारतमा कांग्रेसका एक सांसदकाे कम्पनीमा भेटियो ३ अर्ब ५१ करोड नगद
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० | १०:२२:४५
काठमाडौं । कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो। समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो । उक्त रकम झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारको कम्पनीमा भेटिएको हाे । तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो। पाँच दिनअघिदेखि जाँच सुरु भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २५, २०८० |
१०:२२:४५
3235