आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० | १७:०३:४४
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् ।
प्रकाशित मिति : मंगलबार, मंसिर २६, २०८० |
१७:०३:४४
2707