एनसेलविरुद्ध अमरेशको रिट ‘स्थगित’ सूचीमा
प्रकाशित मिति: आइतबार, पौष ०१, २०८० | १३:१२:०२
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ । आइतबार सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो ।
सांसद सिंहले दर्ता गरेको रिटमाथिको यो छैटौं पेशी हो । यसअघि पाँच पटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । सांसद सिंहले ऐनसेलको शेयर किनबेच प्रक्रिया तत्काल रोक्न र कानूनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग गरेर गएको मंसिर २२ गते रिट दर्ता गरेका थिए ।
प्रकाशित मिति : आइतबार, पौष ०१, २०८० |
१३:१२:०२
3653