ललितपुर महानगरको १०५ औँ स्थापना दिवस
प्रकाशित मिति: सोमबार, पौष ०२, २०८० | १३:५५:३७
ललितपुर । ललितपुर महानगरपालिका १०५ औँ स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुरको पुलचोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि कार्यक्रममा सहभागि थिए । ललितपुरका मेयर चिरीबाबु महर्जनका अनुसार स्थापना दिवसका अवसरमा स्वास्थ्य बीमाको पनि उद्घाटन गरिएको छ।
प्रकाशित मिति : सोमबार, पौष ०२, २०८० |
१३:५५:३७
4291