माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै
प्रकाशित मिति: मंगलबार, पौष ०३, २०८० | १०:५२:४८
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज (मंगलबार) बस्दैछ । सचिव देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको उक्त पदाधिकारी बैठक दिउँसो ३ बजे बस्ने भएकाे हाे । आजको बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामको मूल्याङ्कन र पार्टीको अभियानको समीक्षा हुने सचिव पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, पौष ०३, २०८० |
१०:५२:४८
4137