माओवादी पदाधिकारी बैठक स्थगित
प्रकाशित मिति: बुधबार, पौष ०४, २०८० | १६:३८:५९
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएकाे छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठक स्थगित भएकाे हाे ।पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बुधबारको बैठक सारेर बिहीबार बिहान ८ बजे बस्ने तय भएको छ ।
पदाधिकारी बैठक बुधबार बालुवाटारमा बसेको थियो । बैठकमा प्रचण्डले प्रचण्डले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए ।
प्रकाशित मिति : बुधबार, पौष ०४, २०८० |
१६:३८:५९
2641