उपमेयर चढ्ने गाडीमा अज्ञात व्यक्तिले पेट्रोल छर्केर आगो लगाए
प्रकाशित मिति: आइतबार, पौष ०८, २०८० | १०:०३:३९
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । गौशाला नगरपालिका–१ की उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१ झ ०००५ नम्बरको बुलेरो गाडी रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताए । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।
प्रकाशित मिति : आइतबार, पौष ०८, २०८० |
१०:०३:३९
2289