घुस लिएको आरोपमा कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ
प्रकाशित मिति: बुधबार, पौष ११, २०८० | १५:३५:१५
काठमाडौं । एक करोड २५ लाख रुपैयाँ घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । मित्रमिलन सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए । उक्त रकममध्ये २० लाख भने उदयबहादुरले फिर्ता गरेको पाइएको प्रहरीले जनाएको छ ।
मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीको बयानका आधारमा उनी पक्राउ परेका हुन् । उनीहरुले उदयबहादुरले समेत घुस दिएको बताएपछि पक्राउ पूर्जी जारी गरिएको थियो । उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पौष ११, २०८० |
१५:३५:१५
3257