बालकुमारी झडपमा एक युवकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष १३, २०८० | १५:०६:१७
काठमाडौं। बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएपछि किस्ट अस्पतालमा लगिएका एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै आज केही युवाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ । यस्तै आगजनीमा संलग्न केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष १३, २०८० |
१५:०६:१७
2509