बालकुमारी झडपमा थप एक युवकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष १३, २०८० | १५:४०:३२
काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाह रहेका छन् ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि शुक्रबार केही युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।
प्रकाशित मिति : शुक्रबार, पौष १३, २०८० |
१५:४०:३२
3345