बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
प्रकाशित मिति: शुक्रबार, पौष १३, २०८० | १९:४६:२०
काठमाडौं । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ।
प्रकाशित मिति : शुक्रबार, पौष १३, २०८० |
१९:४६:२०
3147