कोइलाखानी सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा
प्रकाशित मिति: आइतबार, पौष १५, २०८० | १२:२५:४२
काठमाडौँ । कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा भएको छ । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको खुलेको हो । घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो ।
प्रहरीले आजै घटनाबारे जानकारी गराउने र पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गर्ने तयारी गरेको छ । घोराही – ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनको शव शुक्रबार कोइला खानीको करिब ५० मिटर सुरुङ भित्र फेला परेको थियो ।
प्रकाशित मिति : आइतबार, पौष १५, २०८० |
१२:२५:४२
3235