माइतीघर मण्डलबाट सिके राउतसहित दर्जन बढी कार्यकर्ता पक्राउ
प्रकाशित मिति: सोमबार, पौष १६, २०८० | १२:३८:२७
काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ‘राष्ट्रिय धोती दिवस’को अवसरमा र्याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत दर्जन बढी कार्यकर्ता पक्राउ परेका हुन् ।अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।
माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकाशित मिति : सोमबार, पौष १६, २०८० |
१२:३८:२७
2553