कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता
प्रकाशित मिति: सोमबार, पौष २३, २०८० | ११:१४:२९
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार बिहान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।
प्रकाशित मिति : सोमबार, पौष २३, २०८० |
११:१४:२९
2267