प्रेम र बलात्कार सम्बन्धी कानुनी व्याख्याको आवश्यकता बन्यो : सांसद भण्डारी
प्रकाशित मिति: बिहिबार, पौष २६, २०८० | १८:१७:०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद चन्द्र भण्डारीले बलात्कार र प्रेम सम्बन्धीत कानुनको बारेमा गम्भीर प्रश्न उठाउनुभएको छ । नेपाली राष्ट्रिय टीमका मुख्य खेलाडीको रुपमा विश्वसामु नेपाललाई खेलकुदको माध्यबाट परिचित गराउनुभएका क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कारको मुद्धामा अदालतले दोषी ठहर गरेपछि नेता भण्डारीले बलात्कार र प्रेम सम्बन्धी नेपालको काननुनको व्याख्या आश्यकता रहेको औंल्याउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ । कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हॅुदैन ? परिभाषाको आवश्यकता !!’
प्रकाशित मिति : बिहिबार, पौष २६, २०८० |
१८:१७:०७
3323