प्रधानमन्त्री प्रचण्ड नेपाल फर्किँदै, विमानस्थल आधा घन्टाका लागि बन्द
प्रकाशित मिति: आइतबार, माघ ०७, २०८० | १०:००:०८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् । उनकाे नेपाल आगमनका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान ९ बजे काठमाडौं अवतरण गर्नेछन् ।
दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको छ । युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरिसकेका छन् । सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।
प्रकाशित मिति : आइतबार, माघ ०७, २०८० |
१०:००:०८
2421