सप्तरीमा जनमत र प्रहरीबीच झडप, मन्त्री र सांसद घाइते
प्रकाशित मिति: सोमबार, माघ ०८, २०८० | १९:३३:२९
काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाउँदा सप्तरीको राजविराज तनावग्रस्त बनेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बाबजुद पनि मधेस प्रदेश सरकारले उपेन्द्रलाई विश्वविद्यालय शिलान्यासको प्रमुख अतिथि बनाएको थियो ।
कार्यक्रम स्थगित गर्न भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले विरोध गरेका थिए । जसपा र जनमत पार्टीका नेता कार्यकर्ताबीच हानाहान हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् । उपेन्द्रलाई प्रमुख अतिथि नबनाउन जनमतले चेतावनी दिँदै आएको थियो ।
प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० |
१९:३३:२९
2839