सैफ अली खान अस्पताल भर्ना
प्रकाशित मिति: सोमबार, माघ ०८, २०८० | १९:३९:५८
काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालमा भर्ना भएका छन् । उनलाई सोमबार बिहान कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । सैफको घुँडाको शल्यक्रिया भइरहेको बताइएको छ । उनको साथमा पत्नी करीना कपुर पनि छिन् । दैनिक भास्करका अनुसार अनुसार सैफको घुँडा र काँध भाँचिएको छ । तर, चोटको वास्तविक कारण भने खुल्न सकेको छैन ।
प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० |
१९:३९:५८
6755




















