बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी
प्रकाशित मिति: बिहिबार, माघ २५, २०८० | १२:२२:०५
काठमाडौँ । सङ्घीयता कार्यान्वयनबारे छलफल गर्न बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको छलफल जारी छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट सुरु भएको बैठकमा सत्ता साझेदारसहित मुख्यमन्त्रीहरू समेत सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् ।बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।
प्रकाशित मिति : बिहिबार, माघ २५, २०८० |
१२:२२:०५
2245