माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० | १७:०६:४९
काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ बताइएको छ । गत २८ पुसमा बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संसोधन गर्ने प्रस्ताव गरेको थियो ।
ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो । पार्टीका तल्ला कमिटीले विधानका प्रस्तावहरूमा दिएको सुझावबारे निर्णय गर्न स्थायी कमिटीको बैठक राखिएको बताइएको छ । स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ २६, २०८० |
१७:०६:४९
2773