मिथुन चक्रवर्ती अस्पतालमा भर्ना
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० | १८:३३:२८
काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो । उनले शनिबार बिहान छाती दुखेको गुनासो गरेका थिए । अभिनेताका नजिकका मानिसहरूका अनुसार उनलाई असहज महसुस भएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
७४ वर्षीय चक्रवर्तीको एमआरआई जाँच गरिएको छ। शनिबार फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका क्रममा उनको स्वास्थ्यमा खराबी आएको थियो । र तुरुन्तै अस्पताल पुर्याइयो । तर, ई टाइम्ससँग कुरा गर्दै मिथुनका छोरा महाक्षय चक्रवर्तीले बुबा पूर्णतया स्वस्थ रहेको बताएका छन् । उनले नियमित चेकअपका लागि मात्र अस्पताल लगिएको बताए ।
प्रकाशित मिति : शनिबार, माघ २७, २०८० |
१८:३३:२८
2817